Monday, June 17, 2013

जेलमा सञ्जय दत्तको सुविधा खोसियो, दत्त तनावमा


असार ४, काठमाडौं (एजेन्सी)


बलिउड अभिनेता सञ्जय दत्त जेल परेको आइतबार ठ्याक्कै एक महिना पुगेको छ । एक महिनासम्म सञ्जय दत्तले जेलमा पाएका सेवा सुविधाहरुमा भारी कटौती गरिने भएको छ ।

जेल परेदेखि सञ्जयले घरको खाना नै खाइरहेका थिए । तर, सोमबार देखि भने उनी घरको खाना, पंखा र सुत्नको लागि प्रयोग हुने गद्दाबाट बञ्चित भएका छन् । जेल प्रशासनले आम कैदीसरह व्यवहार गर्ने निर्णय गरेकाले उनी तनावमा रहेको कुरा दैनिक भाष्करले जनाएको छ । भाष्करका अनुसार जेल प्रशासनले अब सञ्चयलाई उनको घरपरिवार तथा आफन्तले पहिलाजस्तो दिनुहुँ भेट्न नपाउने नियम बनाएको छ ।

पत्नी मान्यताले अब सञ्जयलाई महिनामा एकपटक मात्र भेट्न पाउनेछिन्

भने साथिभाईले अब तीन बर्षपछि मात्र भेट्न पाउनेछन् । अब सञ्जयले जेलले उपलव्ध गराएको खाना नै खानुपर्नेछ । यसअगाडी दत्तकी श्रीमति मान्यताले उनलाई हरेक दिन जेलमा खाना ल्याउने गरेकी थिइन् ।

सञ्जयका मित्रहरुका अनुसार उनी गर्मी सहनै सक्दैनन् । घरमा पनि उनको १४–१६ डिग्री एयर कन्डिसनमा बस्ने बानी छ । बढ्दो उमेर र चढ्दो गर्मीमा सञ्जयले जेलमा कसरी काम गर्लान् र दिन काट्लान भन्नेमा चिन्तामा पत्नी मान्यता रहेको विभिन्न अनलाइनहरुले जनाएका छन् ।

सन् १९९३ मा मुम्बईमा भएको बम हमलामा उनको संलग्नता पुष्टि भएपछि भारतको उच्च न्यायालयले उनलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । पहिलोपटक डेढ वर्ष कैद सजाय काटेका उनले अदालतको आदेश मान्दै एक महिनाअघि १६ मे मा प्रहरीसमक्ष आत्मसमर्पण गरेको थिए । सञ्जयलाई मुम्बईको आर्थर रोड जेलमा थुनिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment