Friday, June 21, 2013

चीनमा बेकह्यामलाई हेर्ने होडबाजीमा २५ बढी युवायुवती घाइते

बेईजिङ, असार ७ । चीनको भ्रमणमा रहेका बेलायती फुटबल खेलाडी डेविड बेकह्यामलाई हेर्न होडबाजी गर्दा थुप्रै चिनियाँ युवायुवती घाइते भएका छन् । चीनको प्रतिष्ठित फुटवल क्लव चाइना सुपरलीगका ब्रान्ड एम्बासडर रहेका बेकह्याम फुटवल टीमलाई भेट्न साङहाइको तानकाची विश्वविद्यालयमा पुग्दा समर्थकहरुबीच उनलाई हेर्ने होड चलेको हो ।

कडा सुरक्षा घेरालाई तोड्दै बेकह्यामको अटोग्राफ लिन खोज्नेहरु मध्ये २५ भन्दा बढी घाइते भएको र उनीहरुको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment