Monday, June 17, 2013

चुनाव लोकतन्त्रको मेरुदण्ड– सभापति कोइराला


बर्दिवास - नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले चुनाव लोकतन्त्रको मेरुदण्ड रहेको बताएका छन् । आज काँग्रेसको जिल्ला भेलामा सहभागी हुन महोत्तरी आएका सभापति कोइरालाले बर्दिवासमा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिए।

मुलुकको सङ्क्रमणकालको फाइदा उठाएर केही शक्तिहरु चुनाव भाँड्ने खेलमा लागे पनि यो षडयन्त्र सफल नहुने चर्चा गर्दै उनले मुख्य चार दल चुनावमा सबै दलको सहभागिताका लागि लचकता अपनाउन तयार रहेकाले आन्दोलनरत दललाई वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरे। लोकतन्त्रलाई संस्थागत गर्न, संविधान बनाउन र राज्यको जिम्मा जननिर्वाचित प्रतिनिधिमा ल्याउन निर्वाचनको विकल्प नरहेकाले यो सत्यलाई सबैले स्वीकार गर्नुपर्ने उनको भनाइ थियो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment