Wednesday, June 19, 2013

२०७० आषाढ ६ गतेको आजको राशिफल ,जून महिनाको २० तारिख २०१३

आज मिति २०७० साल आसाढ महिनाको ०६ गते बिहीबार , तदनुसार जून महिनाको २० तारिख २०१३, आजको राशिफल यस प्रकार छ ।



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अति प्रतिकूल समय छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । बढी खर्च र यात्रा दुवैलाई नकार्न सकिन्न । अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

हिजोआज राम्रै समय चल्दैछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने छ । धेरथोर सामाजिक कामको लागि खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

हिजोआज राम्रै समय चल्दैछ । आर्थिक अवस्थामा दृढता आउने छ । जलसँग सम्बन्धित व्यवसाय अपनाउन सके राम्रो हुनेछ । कृषि तथा कृषिजन्य व्यवसायबाट यथेष्ट लाभ उठाउन सकिन्छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । धर्मकर्ममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोल्दा ख्याल गर्नुहोला । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । आज कुनै अप्रत्याशित काम बन्ने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । दान पुण्यको कार्य गर्नु होला, आम्दानीका मार्ग प्रशस्त हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । आजको सानो प्रयासले रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । आज कुनै अप्रत्याशित काममा सहयोग गर्नु पर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यवसायिक क्षेत्रमा भने कुनै फेरबदल हुँदैन, त्यस्तै प्रतियोगितात्मक क्रियाकलापमा सफल भइने छ । तर मध्याह्नपछि मानसिक उल्झनबाट मुक्ति हुनेछ । मनमा सकारात्मक सोच लिनु होला । आम्दानीमा कमी आउने छैन । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज धार्मिक र सामाजिक काममा समय बित्ने दिन हो । आज दिनदुखीलाई दिएको सानो सहयोगले तपाईंको रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरुले मनग्ये लाभ प्राप्त गर्नेछन् । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समय राम्रो छैन । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । यतिबेला तपार्इंलाई नै भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ । विचार गरेर काम गर्नुहोला। मनमा अशान्ति र छटपटी व्याप्त हुने छ, सचेत एवं सावधान रहनु होला, खराब समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

समय राम्रो छ । प्रेममा सफलता प्राप्त हुने योग छ । सामान्य विवादले ठूलो रूप लेला तर पनि तपाईंकै विजय हुनेछ । नआत्तिकन निर्वाह गर्नुहोला । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ, अचानक भोगविलासमा तिर्सना जाग्नेछ । माया प्रेमको लागि खर्च हुने देखिन्छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख चिताएका केही काम बन्ने संकेत प्राप्त हुने सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज कुनै साहित्यिक तथा बौद्धिक काममा संलग्न हुने बेला छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । तपार्इंले गरेका कामको प्रशंसा हुनेछ । आफूले प्राप्त गरेको ज्ञान अरुलाई बाँड्ने बेला यही हो । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् ।

आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ । भिडियोको लागी तल क्लिक गर्नुहोला

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment