Monday, June 17, 2013

सुशीलको डेरा विवाद, कोठा सार्न तानातान


४ असार, काठमाण्डौं । नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको देहान्तभएपछि पार्टी उत्तराधिकारीको सन्देश दिन उत्तिबेला उनी बस्दै आएको घरमा तत्कालीन कार्यबाहक सभापति सुशील कोइरालालाई सारियो । अहिले चार बर्षपछि फेरि सुशील कोइराला डेरा सर्ने विषयलाई लिएर विवाद देखिएको छ ।

झट्ट हेर्दा डेरा सर्ने विवाद समान्य लाग्न सक्छ । तर, काँग्रेस त्यसमा पनि कोइराला परिवारमा शीर्ष नेता कहाँ बस्ने भन्ने विषयले पार्टीको उत्तराधिकारी र कोइराला बिरासतमा ठूलो प्रभाव पर्दै आएको छ । यसअघि गिरिजाप्रसाद कोइरालासमेत छोरी सुजाता कोइरालाको घरमा नबसेर संशाक निवासमा बसेका थिए । पछि संशाक शक्तिशाली र उत्तराधिकारी बन्न सक्ने डरले सुजाताले महाराजगन्जस्थित यो निवासको व्यवस्था गरेकी थिइन् । सुशील कोइराला बुद्धनगरस्थित निवासबाट महाराजगन्ज सार्न पनि सुजाताकै भूमिका रह्यो ।

अहिलेचाँही सुजाता पनि सुशीललाई सशांक निवास सार्न राजी भएकी छन् । सशांक निवास सार्ने विषयमा शेखर कोइरालासमेत सहमत छन् । अहिले कोइराला परिवारभित्र शेखर र सुजाताको त्यति मिल्ती नभए पनि सशांक दुबैको समदूरीमा छन् । शेखर र सुजाता दुबै संशाकको घर जाने गरेको नागरिक दैनिकमा खबर छ ।

यस पटक डेरा सर्ने विषयमा कोइराला परिवार बाहिरबाट विवाद देखिएको छ । सुशीलका सहयोगी लक्ष्मण ढकालका कारण उनलाई डेरा सार्न तानातानी छ । महाधिवेशनको साढे दुई बर्षपछि सभापति कोइरालाले पार्टीका विभागहरुलाई पूर्णता दिएलगत्तै डेरा विवाद देखिएको हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment