Saturday, June 22, 2013

हाकिमसँग सेक्स गरेपछी मात्रै जागिर पाइने

एजेन्सी । आफुलाई मन पर्ने जागिर खानका लागि हरेक ५ जनामा एक जना रुसी युवायुवती हाकिम वा रोजगार दातासँग सेक्स गर्न तयार हुने एक अध्ययनले देखाएको छ । सर्वेक्षणले जागिरका लागि वैँश बेच्न रुसी तन्नेरी तरुनीहरु तछाडमछाड गर्ने गरेको देखाएको हो ।

आफुलाई मन पर्ने जागिर दिने रोजगार दाता आफुलाई मन पर्यो भने सेक्सका लागि आफुलाई कुनै अप्ठेरो नपर्ने २५ प्रतिशत युवायुवतीको भनाइ छ भने ७ प्रतिशतले आफुलाई राम्रो जागिर दिने जस्तोसुकै अन्नदाता सँग सेक्स गर्नका लागि आफु तयार हुने बताएका छन् । ६० प्रतिशतले भने जागिरका लागि सेक्स गर्न आफु तयार नहुने जवाफ दिएका छन् ।
सर्वेक्षणका अनुसार २९ प्रतिशत पुरुष ओछ्यानको बाटो हुँदै मनपर्ने जागिर खान चाहन्छन् । यसरी ओछ्यान तताएर जागिर खान चाहने महिलाको संख्या भने ९ प्रतिशत मात्र छ ।
स्मरण रहोस यो सर्वेक्षणमा ३३६० जना रुसी कर्मचारीलाई सामेल गरिएको थियो । जसमध्ये अधिकांस सरकारी कर्मचारी सामेल थिए । सेक्सलाई माध्यम बनाएर जागिर खान चाहनेमा इन्जिनियरिङ क्षेत्रका ९ प्रतिशत तथा म्यानेजिङ क्षेत्रका ४ प्रतिशत मानिस छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment