Sunday, June 23, 2013

सहमति कार्यान्वयन नभएपछि तनहुँ बन्द

तनहुँ - जिल्ला प्रशासन कार्यालयले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै गत चैत १५ गते प्रहरी नियन्त्रणमा ज्यान गुमाएका तनहुँका सुजन तामाङको परिवारले सोमबार तनहुँ बन्द गराएका छन्।

जिल्ला बन्दको कारण तनहुँको जनजीवन प्रभावित भएको छ।
चैत्र १६ गते जिल्ला प्रशासन कार्यालय र मृतकका आफन्तबीच भएको छलफलमा मृतक परिवारलाई १५ लाख रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो। प्रशासनसँग भएको सहमति हालसम्म पनि कार्यान्वयन नभएपछि आफुहरु सडकमा उत्रिन बाध्य भएको सुजन तामाङ संघर्ष समितिका संयोजक सन्त तामाङले जानकारी दिए।
बन्द आह्वानकर्ताहरुले दमौली बजारको मुख्य चोक सहित जिल्लाको डुम्रे, दुलेगौडा लगायतका क्षेत्रमा अबरोध गरेका छन्। पृथ्वी रामजार्गमा गुड्ने सवारी साधनहरु मुग्लिन र कोत्रेमा रोकिएका छन् भने सबै पसल, विद्यालय बन्द छन्।
गत चैत्र १५ गते गाँजा सेवन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको सुजन तामाङलाई स्वास्थ्य परीक्षण गराउने क्रममा दमौली अस्पताल लैजादै गर्दा उनी भाग्दा भीर बाट खसेर मृत्यु भएको प्रहरीले दाबी गरेपनि मृतक तामाङका परिवारले भने प्रहरीको यातनाले सुजनको मृत्यु भएको आरोप लगाउँदै आएका छन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment