Wednesday, June 19, 2013

हुम्लामा हेलिकप्टर दुर्घटना, एकको मृत्यु, ५ घाइते

हुम्ला, असार ५ । हुम्लाको मुचु गाउँ विकास समिति वडा नम्बर ७ स्थित तुमकोटमा आज फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिमिकोट विमानस्थल प्रमुख टेकबहादुर तापली रहेका छन् । ६ जना सवार हेलिकप्ट दुर्घटनामा दुई जना गम्भीर घाईते भएका छन् भने तीन जना सामान्य घाईते भएका प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा प्रजोल भट्टराई, एडी. शेर्पा, गोविन्द लामा, टेकबहादुर पातली, डिलक श्रेष्ठ र पाईलट डेविड रहेका थिए ।

हिल्साबाट सदरमुकाम सिमिकोट आउँदै गरेको उक्त हेलिकप्टर मुचुमा आईपुग्दा दुर्घटना भएको हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment