Saturday, June 15, 2013

आर्यन पनि बने हजुरबुवा


नायक आर्यन सिग्देलको उमेर त्यति ढल्किसकेको त छैन्, तर उनी हजुरबुवा भैसकेको छन् । विवाह नै नगरी हजुरबुवा हुन पाएकोमा आर्यन निकै हषिर्त पनि छन् । नातिनीसँग खेलिरहेका आफ्नो तस्बिर फेसबुकमा राख्दै उनले लेखेका छन् -’प्लेइङ विथ नातिनी छोरी ‘ ।
आर्यन उमेरले भर्खरै तीन दशक मात्र पूरा भए होलान् । यति छिट्टै उनी कसरी हजुरबुवा भए त, त्यो पनि विवाह नै नगरी ? आर्यनकी दिदीका छोरा अर्थात आर्यनका भान्जाले छिट्टै विवाह गरेकाले उनकी छोरीको आर्यनसँग मामा हजुरबुवा नाता पर्छ, त्यसैले आर्यन सानो उमेरमै हजुरबुवा भएका हुन् । फेसबुक तस्विरको तल उनले लेखेका छन्-’भान्जाले चाँडै विवाह गरेकाले यति छिट्टै हजुरबुवा बन्न पाइयो ।’ आफूले पनि छिट्टै विवाह गरे उनी हजुरबुवा त होइन, कमसेकम बुबा त भैसक्थे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment