Sunday, June 16, 2013

टि्वटरमा व्यस्त बिनिता

भरतपुरमा म जाँदा खेरि, देखें मैले गजबको तन्नेरी, आफू पनि तरुनी मैले हेरें मज्जाले...उसले भन्यो ए चपली गाजले म त मरेँ लाजले...' नायिका बिनिता बरालले केही दिनअघि यस्तै टि्वट गरेर ठट्टा गरिन्। नेपाली चलचित्रका अधिकांश कलाकार फेसबुकमा मात्र सीमित भैरहेका बेला बिनिता बराल भने फेसबुक र टि्वटर दुवैमा उत्तिकै सक्रिय छिन्। तीनवटा चलचित्र 'चपली हाइट', 'फुलस्टप' तथा 'सुपरहीट' की यी नायिका यतिबेला टि्वटरमार्फत प्रदर्शनको तयारीमा रहेको आफ्नो पछिल्लो चलचित्रको प्रचार-प्रसार त गरिरहेकी छिन् नै त्यसबाहेक उनी सामाजिक तथा राजनीतिक विषयमा समेत टीकाटिप्पणी गरिरहेकी छिन्। बिनिताले हालसम्म ८ सय ७० वटा टि्वट गरेकी छिन् भने उनले एक सय जनालाई फलो गरेकी छिन्। उनलाई फलो गर्नेहरूको संख्या ३ सय २४ छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment