Saturday, June 15, 2013

अब जियाको जाँच फिल्म हलमा

दर्जन फिल्ममा काम गरे पनि चर्चित बन्न नसकेका हिरोइन थुप्रै छन्। तर, एउटै फिल्म हलमा नलागे पनि चर्चित बन्न सफल भएकी हिरोइन हुन्, जिया केसी।
 हट फोटोसुट, भुवन केसीसँग अफेयर र फिल्मको प्रोमामा देखिएको उत्तेजक दृश्यले नै उनलाई 'हटकेक' बनाइदियो। त्यसैले उनले काम गरेको पहिलो फिल्म 'एटिएम'मा सदाका लागि ताला लाग्दा उनको करिअरको ढोका भने खुलेको खुल्यै भयो।
त्यसपछि उनले अभिनय गरेको अर्को फिल्म 'बर्बाद' पनि निर्माताका लागि बर्बादै साबित भयो। किनकि सेन्सर बोर्डले सेन्सर गर्न मानेको छैन। हलमा नलाग्ने फिल्मकी यी हिरोइनको एउटा फिल्म भने रिलिज हुने भएको छ। फिल्म 'हो यही माया हो' मार्फत जिया हलमा देखिन पाउने भएकी हुन्। बाहिरै नानाथरी गरेर हिट भएकी उनको यो हप्ता फिल्म होइन, जाँच आउने भएको छ। किनभने दर्शकले अब खुट्याउनेछन्, यी उपद्रो गर्न मात्रै जान्दछिन् कि अभिनय पनि गर्छिन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment