Saturday, June 15, 2013

शिवांगीको मधुमास काठमाडौँमा

केही समयअघि भारतीय टेलिभिजन एमटिभीमा प्रेम खोज्दै थिइन्, शिवांगी राना। युवा जोडीले 'प्रेमको शिकार' गर्ने प्रतिस्पर्धा 'स्प्लिट्स भिल्ला'मा उनको जोडी फाइनल राउन्डमा पराजित भयो। प्रेम शिकारी विजेता हुन नपाएकी शिवांगी यतिबेला काठमाडौँमा 'मधुमास' मनाउने तयारी गर्दै छिन्।


सुदर्शन थापाले निर्देशन गर्ने फिल्म 'मधुमास'बाट उनले नेपाली फिल्म क्षेत्रमा करिअर खोज्ने भएकी छिन्। होटल व्यवसायी बुवाको बिँडो थाम्नका लागि होटल म्यानेजमेन्ट नै अध्ययन गर्न भारत गएकी उनले किशोर नमित कपुरसँग एक वर्ष अभिनय पनि सिकेकी छिन्। यतिबेला एमटिभीबाटै उनी सहभागी 'एमटिभी रियालिटी स्टार' पनि प्रसारण भइरहेको छ। नेपालमा आएर केही विज्ञापन र फेसन सोमा सहभागी भइसकेकी उनी भन्छिन्, 'नेपाली भएपछि नेपालमै केही गरौँ भनेर फिल्म क्षेत्रमा प्रवेश गरेकी हुँ।' फ्राइडे फिल्मको ब्यानरमा निर्देशक थापा र गीतकार बाबुराम दाहालले निर्माण गर्ने फिल्ममा शिवांगीका साथै आर्यन सिग्देल, पूजा शर्मा र मनोज आरसी पनि मुख्य भूमिकामा छन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment