Sunday, June 16, 2013

मोबाइल हराएपछी एक महिलाले गरिन् आत्महत्या |

भारतको बैङ्लोरमा एक महिलाले मोबाइल र केही रकम हराएको झोकमा आत्महत्या गरेकी छिन् । मन्जुला नामकी ती महिलाले करिब २८ हजार नगद र ४५ हजार बराबरको मोबाइल हराएपछी घर पुगेर उनले विष सेवन गरी आत्महत्या गरेकी हुन् ।

उनका पति राम चन्द्रका अनुसार मन्जुलाले आफ्नो मोबाइल र पैसा हराएको कुरा रामलाई भनेकी थिइन् । उक्त समयमा राम आफ्नो बाली हेर्न नेलामान्गला जाँदै थिए । केहीबेरमा मन्जुलाले आफूले विष सेवन गरेको बताएपछि हतार हतार घर फर्किएका रामले मन्जुलालाई बेहोस अवस्थामा भेटेका थिए र अस्पताल पुर्याएका थिए । तर, अस्पतालमा उपचारका क्रममा मन्जुलाको ज्यान मृत्यु भएको थियो ।

राम र मन्जुलाकी ३ वर्षकी छोरी छिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment