Wednesday, June 19, 2013

अनुसन्धान घेरामा शाहरुख खान

मुम्बई – बलिउड सुपरस्टार शाहरुख खानलाई यति बेला नजन्मिएको तेस्रो सन्तानका कारण तनावमा छन्। श्रीमती गौरी तेस्रो सन्तानका लागि गर्भवती भएपछि जन्मनु अगाडि नै लिंग परीक्षण गरेको आरोप उनीमाथि लागेको छ। भारतमा बच्चा जन्मनु अघि लिंग परीक्षण गर्न पाइँदैन। महाराष्ट्रका स्वास्थ्य मन्त्री सुरेश शेट्टीले साहरुखले लिंग परीक्षण गराएको नगराएको छानवीन गर्न आदेश दिएपछि बलिउड स्टार अझ विवादमा तानिएका छन्।

बालिका भ्रुण हत्या कहाली लाग्दो गरी बढेपछि भारत सरकारले बच्चा जन्मनु अघि लिंग परीक्षण गर्न निषेध गरेको छ। मेडिकल संस्था इन्डीयन रेडियोलोजी एण्ड इमेजिङ एसोसिएशन (आईआरआइए) ले यो विवाद बारे प्रान्तीय सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै छानविनको माग गरेको थियो। शाहरुख खान र उनकी श्रीमतीको तर्फबाट भने गर्भावस्था वा लिंग परीक्षणको बारेमा कुनै प्रतिक्रिया आएको छैन।

मन्त्री शेट्टीले मन्त्रालयमा आईआरआइएको तर्फबाट एक इमेल प्राप्त भएको बताएका छन्। त्यसपछि छानविन गरेर रिर्पोट दिन उन निर्देशन दिएका छन्। शाहरुख खान र गौरी खानका एक छोरी र एक छोरा छन्। अहिलसम्म संञ्चारमाध्यममा आएका यी खबर बारे शाहरुखले कुनै प्रतिक्रिया दिएका छैनन्। केही सञ्चारमाध्यमका अनुसार उनीहरुको तेस्रो सन्तान 'सरोगेट मदर' का आधारमा हुने छ। अर्थात् अन्य कुनै महिलालाई बच्चा जन्माउन दिने र त्यसलाई आफ्नो घरमा भित्र्याइनेछ। 'जे भए पनि उनीहरुको घरमा तेस्रो सन्तान आउने निश्चित छ', भारतीय मिडियाहरुले भनेका छन्- 'र त्यो छोरा हुने छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment