Wednesday, June 19, 2013

कैदीद्वार सौचालयको पाइपमा पासो हाली आत्महत्या

सिरहा - जिल्ला कारागार सिरहामा आज विहान एक कैदीले आत्महत्या गरेका छन्। कारागारको सौचालयमा गम्छाले(तौलीया) पासो हालेर सिरहा महदेवा पोर्ताहा –३ का रामजीवन यादवले आत्महत्या गरेको प्रहरीले जनाएको छ।


बिहान ४ बजेतिर सौचालय गएका यादव १० मिनेट वितिसक्दा पनि नफर्केपछि ड्युटिबालले हेर्न जाँदा सौचालयमा धाराका जडान गरिएको फलामे पाइपमा गम्छाले पासो हाली झुन्डिएर आत्महत्या गरेको भेटिएको जेलर बविता महतोले बताइन्। आफूलाई ४ बजेर १० मिनेटमा घटना जानकारी भएको महतोले बताइन्।

बहुविवाह मुद्दामा जिल्ला अदालतको आदेशमा वैशाख ३१ गत्ते यादव पुर्पक्षका लागि कारागार आएको उनले सुनाइन्। आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको उनले बताइन्।
ccordin to nagarik news

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment