Sunday, June 23, 2013

आज चन्द्रमा पृथ्वी नजिक आउने

हरेक पूर्णिमाको रातमा आकाशमा चम्किलो र पूर्ण चन्द्रमा देखिन्छ तर आज सँधैको भन्दा ठूलो र चम्किलो चन्द्रमा देखिनेछ ।

चन्द्रमा पृथ्वीबाट सबैभन्दा नजिक आउने भएकाले आज पूर्णिमाको रात यो अझ बढी चम्किलो र ठूलो देखिनेछ । आज चन्द्रमा अन्य पूर्णिमामा भन्दा लगभग १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी चम्किलो देखिने वैज्ञानिकहरुको भनाई छ । जसलाई खगोलिय भाषामा 'सुपरमुन' भनिन्छ ।

आजको दिन चन्द्रमा पृथ्वीको औसत दुरी भन्दा २७ हजार किमी नजिक आउने जनाइएको छ । पृथ्वी र चन्द्रमाको औसत दुरी ३ लाख ८४ हजार ४ सय किमी रहेको जनाइएको छ ।

आजपछि चन्द्रमा पृथ्वीको नजिक, चम्किलो र ठूलो सन् २०१४ मा मात्रै देखिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सुपरमुनको समयमा समुन्द्रमा ज्वारभाटा उत्पन्न हुने भए पनि अन्य ठाउँमा भने केही असर नपर्ने जनाइएको छ । वैज्ञानिकहरुका अनुसार सुपर मुनले पृथ्वीको सतह केही सेन्टिमिटरसम्म खिच्न सक्छ जुन प्रक्रियालाई अर्थ-टाइड भनिन्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment