Monday, June 17, 2013

आमा बन्ने चाहना


४३ वर्षिया गायिका जेनिफर लोपेजले आमा बन्ने चाहना व्यक्त गरेकी छिन्। बढ्दो उमेरका कारण गर्भवती हुन सक्दिन भन्ने चिन्तामा रहेकी जेनिफरले त्यसका लागि चिकित्सकको समेत सल्लाह लिने बताएकी छिन्। पूर्वश्रीमान् मार्क एन्थोनीका तर्फबाट जुम्ल्याहा सन्तान म्याक र इम्मीलाई ५ वर्षअघि नै जन्म दिएकी जेनिफरले २५ वर्षिय डान्सर प्रेमि कास्परमार्फत गर्भवती हुन चाहेको उल्लेख गरेकी हुन्। समाचारमा जनाइएअनुसार आफ्नो उमेरका कारण जेनिफरलाई गर्भवती हुन सक्दिन कि भन्ने डर लागिरहेको छ। 'फर्टिलिटी टि्रटमेन्टपछि केही महिना भित्रै म गर्भवती हुनेछु, उनले भनेकी छिन्। विवाहका बारेमा अहिले नै निर्णय नगरे पनि सन्तान जन्माउने विषयमा भने उनीहरूबीच सहमति भैसकेको बताइन्छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment