Sunday, June 16, 2013

सम्मानमा आइटम डान्स

प्रयास संगीत कला केन्द्रले गत शुक्रबार काठमाडौंमा सम्पन्न गरेको सम्मानसहितको सांस्कृतिक कार्यक्रममा एक जना विदेशी नृत्यांगनाको आइटम नृत्य चर्चामा रह्यो। रूसकी ती नृत्यांगनाले नेपाली रिमिक्स गीतमा गरेको नृत्यले दर्शकहरूलाई समेत कम्मर मर्काउन उत्साहित गरेको थियो।

 रातोपुलस्थित रक्स हाउस क्याफेमा आयोजित प्रयास सांस्कृतिक कार्यक्रममा ती नृत्यांगनाले करिब १० मिनेटसम्म आफ्नो नृत्यको जादु छरिन्। त्यसो त कार्यक्रममा हास्यकलाकार संगम राई लभ्ली, रिया मानन्धर, करुण श्रेष्ठ आदिले पनि नृत्यमार्फत दर्शकको मन जित्ने प्रयास नगरेका होइनन्। गायक कमल खत्रीले आफ्ना लोकपि्रय गीतमार्फत वान्स मोर पाएको उक्त कार्यक्रममा गायिका शशि रावलले पनि कर्णपि्रय गीत प्रस्तुत गरिन्। प्रयास संगीत कला केन्द्रको १० औं वाषिर्कोत्सवको अवसर पारेर आयोजित समारोहमा साप्ताहिक संवाददाता कृष्ण भट्टराईलाई रंग पत्रकारितामा उनले पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरिएको थियो। सोही समारोहमा पुराना नायक रवीन्द्र खड्का, धीरेन शाक्य, हास्यकलाकार दमन रूपाखेती, महादेव त्रिपाठी, संगम राई, गायक कमल खत्री, गायिका शशि रावल, भिडियो जक्की सरोज केसी आदिलाई पनि सम्मान गरियो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment