Sunday, June 16, 2013

हिमाल सागर को रहर सपना श्री संग


हिमाल सागरको थरचाहिँ के हो ?

गौतम, म ब्राह्मण हुँ।

थर किन लेख्नु हुन्न ?

पहिले एल्बम निकाल्दा 'निक नेम' राख्ने चलन थियो, त्यसैले नामको पछाडि 'सागर' झुन्ड्याएँ। पछि त्यही नाम फाप्यो र चल्यो।

कुन-कुन गीत हिट भएको छ ?

'न मैले लेखे, न उनले लेखिन', 'मेरो माया मारेपछि', 'मेरो मनमा आगो लाउने को ?', 'नाच तिमी आज मादलुको तालमा', 'यति धेरै माया मोह', 'तिमीले माया नगरे' लगायत एक दर्जनजति गीत श्रोताहरूले रुचाउनुभएको छ।

तपाईंको बिल्कुलै नयाँ खबर ?

नयाँ एल्बम 'कहानी' तयार छ, बजारमा ल्याउँदैछु।

जान्दै नजानेको काम ?

कार ड्राइभ गर्न।
पहिलो प्रेमलाई कसरी सम्झनु हुन्छ ?

म चाहिँ उनलाई मनपराउँथे, उनले मन पराउँथिन् कि पराउँथिनन् भन्ने कुरा थाहा नपाउँदै सकियो।

तपाईंसँग भएको सबैभन्दा महँगो भौतिक वस्तु ?

मेरो बाइक आर वान फाइभ।

एकजना जसलाई जीवनभर बिर्सन सक्नुहुन्न ?

दिल्लीमा बिरामी भएर सिकिस्त हुँदा डिल्ली घिमिरे भाइले अस्पताल पुर्‍याएर नयाँ जीवन दिएका थिए, म डिल्ली भाइलाई कहिल्यै बिर्सन सक्दिनँ।

मनै नपर्ने गायक ?

मिका सिंह, गायकीले भन्दा पनि उनका बारेमा सुनिने नकारात्मक समाचारहरूले गर्दा।

कुन गायिकासँग युगल गीत गाउने रहर छ ?

नेपालकी सपनाश्री र भारतकी श्रेया घोषालसँग।

तपाईंलाई मनपर्ने पाँच गायक ?

रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, शिव परियार, सुगम पोखरेल र प्रमोद खरेल ।

मनपर्ने तीन संगीतकार ?

शम्भुजित बाँस्कोटा, सुरेश अधिकारी र बसन्त सापकोटा।

अर्काकी राम्री श्रीमती देख्दा के महसुस हुन्छ ?

मेरी पनि त्यस्तै भैदिए हुन्थ्यो भन्ने लाग्छ।

विवाह गर्ने बेला भएन ?

विवाह गर्ने बेला त साइत जुरेपछि आइहाल्छ नि, तपाईंलाई जन्ती र भोज दुवैमा बोलाउँछु।

सेक्सी लाग्ने तीन स्वदेशी सेलिब्रेटी ?

निशा अधिकारी, नम्रता श्रेष्ठ र झरना बज्राचार्य।

कुन सेलिब्रेटीलाई सम्झदा सेक्स डिजायर बढेर आउँछ ?

अमेरिकी गायिका रिहान्ना ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment