Friday, June 21, 2013

बाढीले बगाएका ४ शब सुर्खेतमा भेटिए

सुर्खेत, असार ७ – पश्चिम सुर्खेतको लगाम र बिजौरा गाविसमा पर्ने कर्णाली नदीको किनारमा शुक्रबार चारवटा शव फेला परेको छ ।
लगाम ९ को गोलामा वालुवाले पुरिएको अवस्थामा तीन वटा र विजौरा ८ झालाको झोलुङ्गे पुल नजिक एउटा शव फेला परेको स्थानीय वासिन्दाले बताएका छन् ।
शब देखेपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । खबर आउने वित्तिकै टोली त्यसतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी विश्वनिरञ्जन प्रधानले जानकारी दिनुभयो ।
भेटिएका शबहरु कालिकोटबाट वाढीमा वेपत्ता भएकाहरुको हुन सक्ने अनुमान गरिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment