Tuesday, June 18, 2013

ज्ञानेन्द्रले भने- जनताले भनेको मान्छु

रौतहट – निर्वाचनपछिको संसदले राजतन्त्र पुनर्स्थापना गर्ने कमल थापाले बताइरहँदा पूर्व राजा ज्ञानेन्द्रले चुनावको पक्षमा सकारात्मक प्रतिक्रिया दिएका छन्। 'देशमा अब हुने संविधानसभाको चुनाव निष्पक्ष र धाधलीरहित हुनुपर्छ', रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने- 'चुनावको चाहना मेरो पनि रहेको छ।'

सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्व राजाले जनताले भनेको आफूले मान्ने बताए। 'समय आएपछि जनताले भनेअनुसार अघि बढ्छौं', पूर्वा राजा शाहले भने- 'त्यो समय अहिलै आइपुगेको छैन। समय आओस्, जनताले जे भन्छ, त्यो समयमा हामीले जे गर्नुपर्छ, त्यो गरौंला।'


पूर्व राजा रौतटको चन्द्रनिगाहपुर, शिवनगर, गरुडा, र सदरमुकाम गौरमा आउँदा हजारौं मान्छेले अभिनन्दन गरेका थिए। पूर्व राजा साहले सदरमुकाम गौरको शिवालय मन्दिरमा दर्शन पश्चात सदरमुकाम गौरस्थित होटेल सियामा जिल्लाका अगुवा समाजसेवीहरुको भेटघाटको क्रममा बाल मन्दिर निम्न माद्यामिक बिद्यालयका बहिरा तथा अपाङ्ग बालबालिका लागि एकलाख रुपैया दान गरे।

पूर्वराजा शाहसँग होटेल सिया प्यालेसमा भेटघाटको क्रममा गौर चित्र गुप्त नगरटोलका तान्त्रिक राजेश कुमार कर्णले भेटेका थिए। उनले राजा तपाइँको पक्षमा पुन राजतन्त्र फर्किन सकोस भन्दै सिद्धि प्राप्त जन्तर दिएका दिए। पूर्व राजा साहको सदरमुकाम गौरमा आउनु पूर्व करिब एक घण्टा स्थानीय प्रशासनले बाटो बन्दै गरेर सुरक्षा दिएको थियो। सदरमुकाम र वरपर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment