Sunday, June 16, 2013

एक बोतल विर्य दिएर प्रेम प्रस्ताव

गुलाबको फूल, राम्रा राम्रा उपहार तथा प्रेमपत्र समेत दिएर आफ्नो मनको मायालुलाई प्रेमप्रस्ताव राख्ने गरेको त देखेसुनेकै कुरा हो । तर चिनमा भने एक जना युवकले एक युवतीलाई बोतलमा आफ्नो विर्य दिएर प्रेम प्रस्ताव राख्ने असफल प्रयास गरेका छन् । विचरा ती युवक आफुले मन पराएकी केटीबाट प्रेम पाउन त असफल भए नै, उल्टै झण्डै २६ हजार रुपैयाँ जति जरिवाना पनि तिर्नुपर्यो ।
२२ वर्षका गोउ वेनले १९ वर्षकी जेंग लिनलाई निकै मन पराउँथे । तर उनले लिनसामु त्यो कुरा व्यक्त गर्न सकिरहेका थिएनन् । के उपहार दिएर लिनलाई आफ्नो असल प्रेमको परिचय दिउँ भन्ने उनलाई लागिरहेको थियो । त्यसैबीचमा उनलाई एउटा जुक्ति फुर्यो । उनले लिनलाई मुखमा लगाउने क्रिम भन्दै बोतलमा आफ्नो विर्य राखेर उपहार दिए ।
लिनले पनि क्रिम नै होला भनी त्यो मुखमा दलिन् । तर जब त्यसबाट अलि नमीठो गन्ध आयो उनले ‘के हो यो ?’ भनेर सोधिन् । गोउले पनि आफ्नो मनको कुरा भन्ने उपयुक्त मौका आएको सम्भिmएर सत्य कुरो भनिदिए ।
गोउले आफ्नो मनको प्रेम प्रकट गर्ने सबैभन्दा असल उपाय विर्यको उपहार हुने ठानेका थिए । तर कुरो उल्टो भयो । क्रिम भन्दै विर्य दिने गोउको प्रेमप्रस्ताव स्विकार्नुको साटो लिनले गोउलाई गालीगलौज गर्दै स्थानीय अड्डामा खबर गरिन् । उनलाई पक्राउ गरियो । पछि गोउले यस घटनाप्रति माफी माग्दै लिनलाई झण्डै ३ सय डलर क्षतिपूर्ति दिन राजी भएपछि उनलाई छोडियो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment