Sunday, June 16, 2013

काठ तस्कर र वनगस्ती टोलीबीच गोली हानाहान (भिडिओ सहित )


रौतहट, २ असार । रौतहटको बृन्दावन रेन्जपोस्टअन्र्तगतको वनमा काठ तस्कर र वन गस्ती टोलीबीच गएराति गोली हानाहान भएको छ ।
वन गस्ती टोली र काठ तस्कर समूहबीच राति करिब १ बजे गोली हानाहान भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख बाबुराम भण्डारीले बताए । उहाँका अनुसार जवाफमा वन गस्ती टोलीले ४० राउन्ड गोली प्रहार गरेको थियो ।
वन गस्ती टोलीले तस्करले छोडेर भागेको पाँचवटा गोलियासहितको टायरगाडा बरामद गरेको छ भने करिब ३५० क्युफिट काँचो सालको गोलिया समेत बरामद गरेको छ ।
यस्तै राति गोली हानाहान भएपछि लुकेर बसेका सर्लाही सकरपुर गाविसका शङ्कास्पद काठ तस्करलाई आइतबार बिहान वन गस्ती टोलीले पक्राउ गरेको छ । सुनिल थापा र अशोककुमार महतोलाई चारवटा टायरगाडा तान्ने राँगासहित पक्राउ गरिएको छ ।
दुई वर्षअघि सो वन क्षेत्रमा तस्करको गोली लागेर एक वनपालेको ज्यान गएको थियो । त्यस क्षेत्रमा काठ तस्कर र वन गस्ती टोलीबीच पटकपटक झडप भइआएका छ ।
khabar chautari baaata sabhar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment