Saturday, June 15, 2013

कुर्सीमा धेरै बस्ने काम छ, कोलेस्टोरेल र युरिक एसिड बढ्यो, के गर्ने ?

मेरो कोलेस्टोरेल र युरिक एसिड बढेको छ। म बिहान ७ बजेदेखि राति ९ बजेसम्म व्यस्त हुन्छु। बैंकमा काम गर्ने भएकाले कुर्सीमै बढी बस्नुपर्छ। मेरो परिवारमा कसैलाई यस्तो समस्या छैन्। यो समस्या कसरी घटाउन सकिएला? -अमितकुमार

डा.ध्रुवप्रसाद सिंह,
फेमेली फिजिसियन एवं विभागीय प्रमुख, आकस्मिक विभाग, वीर अस्पतालको जवाफ

युरिक एसिड बढेको छ मात्रै भन्नु भएको छ। कति बढेको हो? युरिक एसिडको कारण प्रोटीनयुक्त खाना बढी हुँदा बढ्छ। गेडागुडी रातो मासुको मात्रा कम गर्नु युरिक एसिड घटाउने उपयुक्त विधि हो। अरु लक्षण कस्तो छ भन्ने खुलेको छैन। अतिदुखाइ छ भने औषधी खानुपर्छ। उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीसेवन, पिसाब बढी लगाउने औषधी प्रयोगजस्ता कारणले असर पर्न सक्छ। युरिक एसिडको मात्रा रगतमा उच्च हुनेले माछा-मासु एकदमै घटाउने, मदिरा पिउनबाट आफूलाई संयम गर्ने र शरीरको तौल आफ्नो उचाइ मिल्दोजुल्दो मात्र राख्नुपर्छ। मोटोपन, रक्सीको सेवन र बढी माछा मासुको भोजनबाट टाढा रहनु युरिक एसिडले निम्त्याउने समस्याबाट जोगिनु हो।
यूरिक एसिडजस्तै कालेस्टेरोल पनि शरीरका लागि निकै हानिकारक हुन्छ। खानाको सन्तुलन मिलाएर खाने र कोलेस्टोरेल धेरै बढेको छ भने औषधी नै खानुपर्छ। सामान्यतः हरियो तरकारी र फलफूल बढी प्रयोग गर्ने, चिल्लो र मासु कम प्रयोग गर्नाले तौलका साथै कोलेस्टेरोल पनि घट्छ।
पोलिस्यचुरेटेड फ्याटी एसिड भएका खाना माछा, बदाम, ओखर (नरिवलबाहेक ) राम्रो मानिन्छ। यद्यपि काँचै खान मिल्ने तरकारी खानेतेल, घिउ, मखन, मासुको बोसो कम गर्ने, घिउमा बनाइएका खाना कम खाने, लसुन सेवन गर्ने, कलेजो, गिदी, मिर्गौला, चकलेट तथा आइसक्रीम नखाने, बढी नुन­चिनी भएका खाना नखाने, रातो मासु नखाने, मकै, भटमास एवं जैतुनको तेल सेवन गर्नाले कोलेस्टेरोल घट्छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment