Sunday, June 23, 2013

निखिलले गर्ने भए हिन्दी फिल्मको निर्देशन

नेपाली नायक निखिल उप्रेतीले हिन्दी फिल्मको निर्देशन गर्ने भएका छन् । निखिल स्वयम् मुख्य भुमिकामा प्रस्तुत हुने एक्सन लभ स्टोरी फिल्मको नाम 'कमिटमेन्ट' जुराइएको छ ।

फिल्मको कथा/पटकथा स्वयम निखिलले लेखेका हुन् भने संवाद नैम र इजाजको छ । भारतीय फिल्म निर्माण कम्पनी ईन्सीपिरेश्नल इनोभेशनको लगानी रहने 'कमिटमेन्ट'मा अधिकांश भारतिय कलाकार रहनेछन् । एक्सन हिरो उप्रेतीले फिल्म निर्देशन बारे भने- 'फिल्म निर्देशनको अभ्यासमा विगत २ वर्ष देखी अभ्यस्त थिएँ । मेरो फिल्मले काठमाण्डौदेखी मुम्बईसम्मको कथा भन्नेछ ।'

हिरोइन फाइनलको क्रममा रहेको कमिटमेन्टमा भारतीय कलाकार राज जुत्सी, आर्यन वैध, यसपाल शर्मा, संजय मिश्र लगायतको अभिनय रहनेछ । जुलाई २ तारिखबाट विरगञ्जदेखी प्रारम्भ गरिने फिल्मको छायाँकन काठमाण्डौ, पोखरा, दुबई, बैङ्कक र मुम्बईमा हुनेछ । केही महिना अघि लोकेशन हन्टिङका लागी मुम्बईबाट नेपाल ब्याक भएका निखिलले फिल्मलाई नेपालीमा डविङ नगरिने समेत जानकारी दिए ।



नेपालको प्रोडक्सन कन्ट्रोलर कलाकार अरुण रेग्मीले गर्ने भएपनि अधिकांश प्राविधिक भने भारतीय नै रहने बताइएको छ । फिल्म कमिटमेन्ट रिलिजको जिम्मा भने रिलायन्स कम्पनीले लिएको छ । फिल्मको बजेट आइसी ९ करोड छुट्याइएको छ ।



नायिका संचिता लुइँटेलसँग दोस्रो विवाह गरे पश्चात निखिल बलिउड करिअरको लागी मुम्बई प्रस्थान गरेका थिए । मुम्बई प्रस्थानसँगै निखिलको नेपाली फिल्मी करिअरले लभगभ विश्राम लिएको छ । नेपाली दर्शकको माग हुँदाहुँदै मुम्बई प्रस्थान गरेका निखिललाई कमिटमेन्टले बलिउड फिल्म उद्योगको कुन दर्जा दिन्छ ? प्रतिक्षाको विषय हुनेछ । नेपालमा राम्रै सेल भएका निखिललाई बलिउड प्रवेशको लागी शुभकामना !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment