Saturday, June 22, 2013

निर्वाचनका सबै काम सक्यो : रेग्मी

काठमाडौं- मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आगामी मङ्सिर ४ गते स्वच्छ, निष्पक्ष, धाँधलीरहितरुपमा संविधान सभाको निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन सरकारले कुनै कञ्जुस्याइँ नगरेको बताएका छन्।

उनले भने, 'वर्तमान सरकारको एकमात्र लक्ष्य निर्वाचन सम्पन्न गर्नु हो, निर्वाचन गराउने काममा आयोगलाई सरकारको तर्फबाट सबै सहयोग उपलब्ध गराउन प्रतिबद्ध छ।' मृगेन्द्र सम्झना चिकित्सा गुठीद्वारा शनिबार आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले निर्वाचनका लागि सरकारको तर्फबाट गर्नुपर्ने मिति घोषणा, आवश्यक ऐन, नियम जारी गर्दै यसका लागि आवश्यक पर्ने पूर्व काम सम्पन्न गरिसकेको जानकारी दिए।

सरकारले निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्व सम्पन्न गरिसकेको छ, अब राजनीतिक दलले माहौल तयार गर्दै जनसहभागितामा उत्साह ल्याउन आवश्यक छ उनले भने।

अध्यक्ष रेग्मीले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैको साझा लक्ष्य बन्नुपर्छ भन्दै केही प्राविधिक पक्षलाई कोट्याएर निर्वाचनका बारेमा भ्रम सिर्जना गर्न नहुने बताए।

राष्ट्रिय लक्ष्य र आवश्यकता निर्वाचन नै हो, यसका केही प्रक्रिया र विधिमा समस्या आउन सक्लान् तर यसैमा रुमलिन नहुने धारणा राख्दै अध्यक्ष रेग्मीले भने, 'अब विगतका सबै कुरालाई चटक्कै बिर्सेर निर्वाचनका होमिनुपर्छ।'

अध्यक्ष रेग्मीले सबै पक्षको उत्साहजनक सहभागिता र क्रियाशीलता निर्वाचनमा लगाउन राजनीतिक दल, नागरिक समाजलगायत सबै पक्षसँग आग्रह गरे। समाजिक सेवा कुनै पेसा वा व्यवसाय बन्न नहुने चर्चा गर्दै उहाँले सामाजिक सेवा गरेबापत केही आर्थिक अपेक्षा पनि गर्न नहुने विचार राखे। अध्यक्ष रेग्मीले मानवीय सेवा नै उत्कृष्ठ सेवाको उत्कृष्ठ नमूना हो भने।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment