Friday, June 14, 2013

ज्योतिषी भन्छन्- मंसिर ४ मा चुनाव हुन गाह्रो

३१ जेठ, काठमाडौं । निकै दिनको छलफल र गृहकार्यपछि सरकारले आगामी मंसिर ४ गते संविधानसभाको दोस्रो चुनावको तिथि घोषणा गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी लगायतका दलहरु अझै बिरोधमा रहेकाले त्यो दिन चुनाव हुने हो या होइन अझै आंशका छ । राजनीतिज्ञहरुले चुनाव हुने अनुमान गरिरहेका बेला ग्रह, नक्षत्रको हरहिसाब गर्ने ज्योतिषहरुले चाँहि मंसिर ४ मा चुनाव गर्न गाह्रो हुने बताएका छन् ।’मंसिर ४ गते मंगलबार हो, यो बारलाई आपै+mमा कडा बार मानिन्छ’ ज्योतिष टेकराज शास्त्रीले अनलाइनखबरसित भन्नुभयो-’रोहिणी नक्षत्र, कृष्ण पक्ष र द्वीतीया तिथि पनि भएकाले ज्योतिषशास्त्रको हिसाबले यो दिन त्यति उपयुक्त देखिँदैन ।’

यस्तै चुनाव गराउने जिम्मा पाएका मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको शपथ दिन र जन्म महिनाले पनि मंसिर महिना उत्तम नभएको उहाँको भनाइ छ । ‘उहाँ वृष राशीको हुनुहुन्छ, त्यसैले उहाँको वृहष्पति कमजोर छ’ शास्त्रीले भन्नुभयो-’त्यसमाथि उहाँले बिहीबार नै शपथ गर्नुभएको छ, त्यो पनि औंशीमा, रोपाईंमा नै घून लागेको छ ।’ यसबाहेक अध्यक्ष रेग्मीको जन्म महिना बैशाख भएकाले पनि मंसिर महिना चुनावको लागि उपयुक्त नभएको उहाँले बताउनुभयो । ‘सूर्य राशीलाई ६, ८ र १२ राम्रो मानिदैन, बैशाखमा जन्म भएको मान्छेले मंसिरमा काम गर्नु त्यति उपयूक्त होइन’ उहाँले भन्नुभयो ।

ज्योतिष शास्त्रीले ४ गतेभन्दा ५ गते केही राम्रो रहेको पनि बताउनुभयो । ‘५ गते बुधबार थियो, मंगलबारभन्दा बुधबारको दिनलाई उत्तम मानिन्छ’ उहाँले भन्नुभयो-’त्यो दिन चुनाव गरेको भए आंशिक सफलता मिल्थ्यो । ४ गते चुनाव भैहाले पनि सबै पक्षको सहभागिता र सहमति होला जस्तो देखिन्न, ग्रहगोचर नै ठीक छ ।’ यसबाहेक अशोजमा पर्ने नवरात्र १३ दिनको पक्ष अर्थात विश्वघस्त्र पक्ष भएकाले त्योबेला मुलुकमा कुनै संकट आउन सक्ने र यही संकटले मंसिरको चुनाव टार्ने ज्योतिषको भनाई छ । मंसिरभन्दा फागुन महिना उपयुक्त भएको पनि शास्त्रीले बताउनुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment