Friday, June 14, 2013

श्रीलंकामा ५० वर्ष पुरानो मुम्बई

नयाँ दिल्ली – सन् १९६० को दशकको मुम्बई सहरको दृश्य खिच्न अहिलेको मुम्बईमा सम्भव छैन। किनभने ५० वर्षमा मुम्बईको अनुहार निकै बदलिसकेको छ। त्यही भएर निर्देशक अनुराग कश्यपले आगामी फिल्म 'बम्बे भेल्भेट'को सुटिङ श्रीलंकामा गर्दैछन्। श्रीलंकामा उनले ५० वर्ष पुरानो मुम्बई देखेका छन्।

निर्देशक दीपा मेहताले फिल्म 'वाटर' र 'मिडनाइट्स चिल्ड्रेन'मा पुरानो मुम्बईका दृश्यका लागि श्रीलंकामै सुटिङ गरेकी थिइन्। 'फिल्मको कथा साठीको दशकको रहेको छ, तर मुम्बईको दृश्य अहिले निकै बदलिसकेको छ, त्यहीभएर अर्को महिनादेखि श्रीलंकामा सुटिङ गर्दैछु,' निर्देशक कश्यपले भने।
भारतका सहरहरुका अधिकांश पुराना भवन हराइसकेकाले यसअघि 'ग्यांग्स अफ वासेपुर' निर्देशन गरेका कश्यपका लागि अप्ठ्यारो परेको हो। 'दुर्भाग्य, भारतमा संरक्षणको कल्चर छैन, यो बेवास्ता फिल्म, स्मारक स्थल होस् या भवन सबैमा रहेछ, मुम्बई जस्तो सहरले वास्तुशास्त्रीयप सम्पदा बचाउन सकेको छैन,' कश्यपले भने। प्रिप्रोडक्सनको चरणमा रिसर्च गर्दा भोग्नुपरेको दुःखदेखि पनि उनी हैरान छन्।
'पुराना भवन हराएको मात्र होइन, हामी कसैलाई पनि कुनै ठाउँ त्यो बेला कस्तो रहेछ भन्ने थाहा छैन, त्यसको लागि ५० वर्ष पुराना पारिवारिक फोटोहरुको सहारा लिनुपर्यो्,' उनले सुनाए।
लेखक ज्ञानप्रकाशको प्रकाशोन्मुख किताब 'मुम्बई फेबल्स'मा आधारित फिल्म 'बम्बे भेल्भेट'मा रणवीर कपुर र अनुष्का शर्माको मुख्य भूमिका छ। निर्देशक करण जौहरले खलपात्रको भूमिका निर्वाह गर्नेछन्।
ज्ञानप्रकाशले किताब र फिल्मको स्त्रि्कप्ट एकैचोटी लेखेका हुन्। 'ज्ञानले आफ्नो किताबको बारेमा बताउँदा म छक्क परेँ, मुम्बईको इतिहास विचित्रको रहेछ, त्यसपछि मेरै अनुरोधमा उनले एकसाथ स्त्रि्कप्ट पनि लेख्न थालेका हुन्,' कश्यपले भने।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment