Friday, June 14, 2013

रेग्मीले राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौं, जेष्ठ ३१ - अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
चुनावको मिति घोषणा भएको भोलिपल्ट रेग्मीले साँझ ५ बजे सिंहदरवारस्थित राष्ट्रिय विकास परिषद्को हलबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । उनले सम्बोधनमार्फत विभिन्न दललाई चुनावका लागि सहयोग गर्न आहृवान गर्नेछन् ।
रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले रेग्मीको सम्बोधन समसमायिक विषयमा हुने बताए ।
सरकारको नेतृत्व सम्हालेपछि रेग्मीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
चुनाव गर्ने जिम्मेवारीका लागि बनेको सरकारले आगामी मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment