Saturday, June 22, 2013

रुपाका अनेक रुप

पहिले उनी ‘जेटिए’का रूपमा चिनिन्थिन् तर अहिले हिरोइनका रूपमा । जेटिएका रूपमा काम गर्दागर्दै रुपा खनाल नेपाली चलचित्रमा हिरोइन भएकी हुन् । करिब चार वर्षअघि ‘परिधि’ नामक नेपाली चलचित्रमार्फत अभिनय क्षेत्रमा लागेकी रूपाले भनिन्, ‘वास्तवमा म जेटिए हुँ, पछि मात्र हिरोइन भएकी हुँ ।’ पछिल्लो समय नेपाली चलचित्र ‘राहदानी’मा अभिनय गरेकी रूपाले आफू जेटिए भएकै कारण अभिनयमा निरन्तरता दिन नभ्याएको बताइन् ।
यहाँसम्म आइपुग्दा आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी उनले भनिन्, ‘अबचाहिँ निरन्तरता दिन्छु । किनकि, अहिले चलचित्रमा पनि बढी अफर आउन थालेको छ ।’ उनी निर्माणाधीन चलचित्र ‘बर्दी’मा अनुबन्धित भएकी छन् । उनले भनिन्, ‘बर्दी’मा एक संघर्षशील महिलाको भूमिका गर्दै छु ।’ त्यसो त ‘राहदानी’मा पनि रूपमा संघर्षशील महिलाकै भूमिका गरेकी छन् । यो चलचित्रबाट उनी आशावादी पनि छिन् । रूपाले भनिन्, ‘राहदानी मेरो महत्वाकांक्षी चलचित्र हो ।’
नेपाली चलचित्र ‘दसगजा’, ‘श्रीमान्’, ‘सन्त्रास’लगायत केही भोजपुरीमा पनि अभिनय गरिसकेकी रूपा एक कुशल अभिनेत्रीका रूपमा चिनिन चाहन्छिन् । त्यसैले कतिपय ‘आइटम नम्बर’मा आएका अफरसमेत छाडेकी उनले बताइन् । उनी हाल नेपाली चलचित्रमा चलिरहेको ‘टे«न्ड’को समेत विपक्षमा छिन् । ‘चलचित्रमा अहिले भल्गर ट्रेन्ड आएको छ तर यो दीर्घकालीन हुँदैन,’ रूपाले भनिन्, ‘एउटा जे ग¥यो, त्यो फलोअप गर्ने चलन नै नराम्रो ।’
तर, आफूले भनेजस्तै राम्रो आइटम नम्बरमा अफर आएमा काम गर्न तयार रहेको उनले बताइन् । यसअघि भोजपुरी चलचित्रमा आइटम गरिसकेकी रूपाले भनिन्, ‘अहिले त आइटम नम्बर पनि किसिम–किसिमका हुन थालेका छन् । आइटम भन्दैमा सबै भल्गर हुँदैन । भल्गर नभएको आइटम गर्न तयार छु ।’ सिन्धुपाल्चोकको भकुण्डेबेंसीकी रूपाले आगामी दिनमा पुरानो पेसा ‘जेटिए’लाई भन्दा अभिनयलाई प्राथमिकता दिने भएकी छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment