Sunday, June 16, 2013

राष्ट्रपतिलाई सोमबार जापान लगिने

काठमाडौं- राष्ट्रपति रामवरण यादवलाई उपचारका लागि सोमबार जापान लगिने भएको छ। दिउँसो १: ५५ बजे थाइ एयरको विमानबाट जापान जाने उनका कानुनी सल्लाहकार सूर्य ढुंगेलले नागरिकन्युजलाई बताए। जापानमा अस्पतालको व्यवस्था जापान सरकारले नै गर्नेछ।
राष्ट्रपति यादवसँग छोरा चन्द्रमोहन यदाव, छोरी अनिता यादव, कानुनी सल्लाहकार सुर्य ढुंगेल, निजी चिकित्सक डाक्टर यादजव भट्ट, परराष्ट्रबाट शिष्टाचारमाहापालर सुरक्षा निकायका तीन जनासहित दस जनाको टोली जापान जानेछन्।

आइतबारै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामवरण यादवको उपचारका लागि जापान लैजाने निर्णय गरेको थियो। बैठकले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्चसमेत ब्यहोर्ने निर्णय गरेको थियो।

यसअघि मेडिकल बोर्डले राष्ट्रपति यादवलाई उपचारका लागि विदेश लैजान सिफारिस गरेको थियो। राष्ट्रपति यादवको नेपालमा गरिएको स्वास्थ्य परीक्षणको क्रममा आन्द्रामा दाग देखिएपछि थप उपचारका लागि विदेश लैजानुपर्ने चिकित्सकले सल्लाह दिएका थिए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment