Sunday, June 23, 2013

चुनाव जितेर पूर्वराजा सत्ता चलाउँछन् भने आपत्ति छैन: सापकोटा

एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले पूर्व राजा ज्ञानेन्द्र शाह निर्वाचनमा गएर जितेको खण्डमा शासन सत्ता सञ्चालन गर्न सक्ने स्थानमा पुग्न सक्ने बताएका छन् ।

उनले पूर्व राजा शाह जननिर्वाचित भइ शासन सत्ता चलाउन सक्ने अवस्थामा पुग्छन् भने एनेकपा माओवादीलाई आपत्ति नहुने पनि प्रष्ट पारे ।

पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार आयोजित साप्ताहिक पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुसँगको कुराकानीको क्रममा सो कुरा बताएका हुन् । पूर्व राजा शाह रुपान्तरण भइ जनतामा गएर जनमत लिन भने अनिवार्य रहेको उनले बताए ।

साथै सापकोटाले नयाँ संविधानसभा चुनावको विकल्प नरहेको भन्दै जस्तो सुकै लचकता अपनाएर भए पनि जिम्मेवारीसहित असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउनुपर्ने पनि बताए ।

उनले निर्वाचनको सुनिश्चिता गर्न सडक संघर्षमा रहेका दलहरुलाई सहमतिमा त्याउन निर्वाचन सिट संख्या, समानुपातिक प्रतिनिधित्व सहित मन्त्रिपरिषद विस्तार गरेर भए पनि निर्वाचनको लागि लचकता अपनाउनुपर्ने बताए ।
dc neppal

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment