सिड्नीको वेष्ट मिडमा आयोजित चित्रकला तथा तस्वीर प्रतियोगितमा नेपालीले खिचेको तस्विर पुरस्कृत भएको छ । प्रज्जवल भट्टराईको ‘द क्युरियस सिलू (जिज्ञाशु सिल) शिर्षकको तस्विरले पिपुल्स च्वाइस अवार्ड पाएको हो
वेस्टमिड आर्ट सोसाइटि र च्यारीटी ट्रस्टले सिड्नीकै सबैभन्दा ठूलो वेष्टमिट अस्पताल सँगको सहकार्यमा यो प्रतियोगिता गरेका थिए । प्रतियोगितामा चित्रकला र तस्विरहरु विभिन्न समुहको स्पर्धामा सहभागि भएका थिए । भट्टराईका अनुसार कंगारु टापुको सिल बेमा खिचिएको एक ‘जिज्ञासु सिल’ शिर्षकको तस्विरले उक्त पुरस्कार जितेको हो । भट्टराईले पाँच सय डलर नगद पुरस्कार सहित प्रमाण पत्र जितेका छन् । उनको अर्को तस्विर पनि अन्तिम चरणका लागि छनोट भएको थियो ।
इष्टउड रग्वी क्लवको आधिकारिक फोटोग्राफर भएका काम गरिसकेका भट्टराईका थुप्रै तस्विरहरु स्थानिय हिल सायर टाईम्सको आवरणमा पनि छापिसकेको छ ।

0 comments:
Post a Comment