Friday, June 14, 2013

२७ हजार डलरमा उपचार गराएर फिलिपिन्स फर्कियो हिरो कुकुर


अमेरिकामा आठ महिनामा उपचार गरेपछि निको भएर फिलिपिन्सको एक कुकुर फर्किएको छ। कवाग कुकुरको स्वदेश फिर्तीमा फिलिपिन्समा हिरोको जस्तो स्वागत गरिएको छ। दुई बालिकाको ज्यान जोगाउने क्रममा कवागको मुख र मेरुदण्ड भाँचिएपछि उपचारका लागि कोलम्बिया युनिभर्सिटीको अस्पताल भर्ना गरिएको थियो।
डिसेम्बर २०११ मा मोटरसाइकलले मालिकका दुई बालिकालाई ठक्कर दिन खोज्दा कुकुरले बचाएको थियो। कुकुरको सो साहसप्रति साहनुभूति देखाउँदै उपचारका लागि फेसबुक र ट्विटरबाट मान्छेलेहरु पैसा संकलन गरेका थिए। अमेरिकाको कोलम्बिया विश्व विद्यालयको पशु अस्पतालमा कवागको दुई पटक सर्जरी गरिएपछि कवाग निको भएको हो। मिश्रित नश्लको कवागको उपचारका लागि ४५ देशका मान्छेले २७ हजार अमेरिकी डलर जम्मा पारेपछि उसको उपचार सम्भव भएको बीबीसीले जनाएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment